• होमपेज
  • समाज
  • अछाममा नगदसहित ७ जुवाडे पक्राउ

अछाममा नगदसहित ७ जुवाडे पक्राउ

  • मङ्लबार, कार्तिक २८, २०८०
अछाममा नगदसहित ७ जुवाडे पक्राउ

अछाम– अछाममा नगदसहित ७ जुवाडे पक्राउ परेका छन्। मंगलसेन नगरपालिका–९ वलीगाउँ बस्ने कमल रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा रावलसहित ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी मंगलसेन र जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार