शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • जाजरकोटका भुकम्प पिडितलाइ चादनी ऐरको नेतृत्वमा सहयोग

जाजरकोटका भुकम्प पिडितलाइ चादनी ऐरको नेतृत्वमा सहयोग

  • मङ्लबार, कार्तिक २८, २०८०
जाजरकोटका भुकम्प पिडितलाइ चादनी ऐरको नेतृत्वमा सहयोग
जाजरकाेट–कार्तिक १७ गते शुक्रवार राति आएको भुकम्पबाट पिडितहरुलाइ शुदुरपश्चिमकि चेली चादनी ऐरको नेतृत्वमा राहत वितरण गरिएको छ । भुकम्पले प्रभाबित जाजरकोटका गाउँमा गएर सहयोग गरेको  चादनी ऐरले बडिमालिका खबर सँग बताएकी छन् । 
राहत वितरणमा चादनी ऐरको टिममा दिपक चौहान, कबिन्द्र ठकुल्ला, भागरती बडाल र चक्र सिंह सहितको टोलि रहेको थियो । भुकम्प जाजरकोट नलगाढ वार्ड न १, ५ र ७ का मृत्यु भएका परिवार, एकल महिला, बय वृद्ध, अनाथ र पुर्ण रुपमा घर क्षति भएका पीडित परिवारलाई सहयोग गरिएको हो । 
२ सय २५ पिडित परिवारलाइ स्वास्थ्य सामाग्रि, चाउचाउ, चिउरा र तातो लुगा वितरण गरेका छन् । शुदुरपश्चिम क्षेत्रमा सामाजिक क्षेत्रमा खटिदै आएकि चादनी ऐरको टिम जाजरकोटको बिपत्तिमा पनि सहयोग गर्न पुगेका हुन् । उनिहरुले पिडितलाइ प्रत्यक्ष भेटेर सहयोग गरेका हुन् । दिपक चौहान, कबिन्द्र ठकुल्ला, चक्र सिंह, चादनी ऐरको पहलमा देशबिदेश बाट आएको सहयोग रकम बाट पिडित कहाँ राहत पुगाएको हो । तन्नु मगर, राम हरि थापा, यम बहादुर गुरुङ, गणेश ठगुन्ना, दिपेन्द्र बिष्ट, मनोज क्षेत्री, युवराज बम लगायत सहयोग गरेका थिए । चादनी ऐर, भागरथी बडालले राहत बितरण गरेका हुन । सहजीकरण महेश सिंहले गरेका थिए ।
चादनी ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल नामक संस्थाकाे सस्थापक अध्यक्ष हुन् । उनि विगत लामो समय देखी सामाजिक सेवामा काम गर्दै आएकि छन् । शुदुरपश्चिम प्रदेशका जिल्लामा पुगेर पिडितका दुखपिडा मात्र नबुझेर सहयोग समेत गर्दै आएकि छन् । बझाङ्गमा गएको भुकम्प पिडितलाइ सहयोग गर्न अछाम र बाजुरा पुगेकी थिईन् ।

चर्चामा

सम्बन्धित समाचार