शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

  • मङ्लबार, कार्तिक २८, २०८०
मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

हेटौँडा —काभ्रेको चौंरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६, स्थित बोक्सेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गतको सडक खण्डमा बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल पल्टिएर सडकबाट ८० मिटर तल पाखामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा चौंरीदेउराली( ६ बोक्सेकी ४५ वर्षीया गोमा चौलागाईं रहेकी छिन् । उनको घटना स्थलमा नै मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । मोटरसाइकल चालक ४८ वर्षीय दिल्लीप्रसाद चौलागाईंको घाइते भएका छन् ।

उनको आँखामा र टाउकोमा लागेको र उनको अवस्था गम्भीर रहेको सुचना अधिकारी श्रेष्ठले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका दिल्लीको कात्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको आउटरिच सेन्टर (स्वास्थ्य केन्द्र)मा उपचार भइरहेको छ । मृतक गोमा मोटरसाइकल चालक दिल्लीको श्रीमती हुन् ।

चर्चामा

सम्बन्धित समाचार