शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बैतडीमा एक घरमा आगलागी

बैतडीमा एक घरमा आगलागी

  • सोमवार, कार्तिक २७, २०८०
बैतडीमा एक घरमा आगलागी
फाइल फाेटा

बैतडी —बैतडीमा एक घरमा आगलागी भएको छ। पुर्चाैडी नगरपालिका–१ डाँडाकोटस्थित जयानन्द जोशीको घरमा आगलागी भएको हो।

आइतबार राति साढे ९ बजेतिर भएको आगलागीबाट जोशीको घरमा रहेको अन्न, लत्ताकपडा र अन्य घरायसी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जोशीको दुई तले आठ कोठे कच्ची घरमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक खेमविक्रम केसीले बताए। लक्ष्मीपूजाको राति लागेको आगो एकघण्टापछि नियन्त्रणमा लिइएको थियो। समयमै आगलागी नियन्त्रणमा आउँदा मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक केसीले बताए।

चर्चामा

सम्बन्धित समाचार