• होमपेज
  • बडिमालिका
  • बाजुराका भुकम्पबाट पिडीत १ सय ६ परिवारलाइ राहत वितरण

बाजुराका भुकम्पबाट पिडीत १ सय ६ परिवारलाइ राहत वितरण

  • सोमवार, कार्तिक २७, २०८०
बाजुराका  भुकम्पबाट पिडीत  १ सय ६ परिवारलाइ राहत वितरण

बाजुरा– बडिमालिका फाउण्डेशन मार्फत बाजुराका १ सय ६ परिवार भुकम्प पिडीतलाई राहत वितरण गरिएको छ । बडिमालिका फाउण्डेशनको सहकार्य तथा नेपाल राईजिङको सहयोगमा भुकम्प पिडीतहरुलाई राहत बितरण गरिएको हो ।
जिल्लाका बुढिगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिकाका गरी १ सय ६ परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष पदम बहादुर सिहंले बताए । बुढिगंगा नगरपालिकाको वडा नम्मर १,२ र ३, खप्तड छेडेदह गाउँपालिकाको ४,५ र ६ बडिमालिका नगरपालिका ४ रिलामा राहत साम्रगी बितरण गरिएको उपाअध्यक्ष सिंहले बताए ।

No description available.
बुढिगंगा नगरपालिकामा नगर उप प्रमुख माया कुँवर खड्काको प्रमुख आतिथ्यमा राहत साम्रगी बितरण गरिएको बडिमालिका फाउण्डेशनका सचिव लक्ष्मीराज पाध्यायले बताए । त्यसै गरी खप्तड छेडेदह गाउँपालिकामा गाउँपालिका अध्यक्ष दिल बहादुर रावतको प्रमुख आतिथ्यमा राहत सम्रगी बितरण गरिएको सचिव पाध्यायले बताए ।
राहत साम्रगीमा प्रति ब्यक्ती ५० किलो चामल, दाल, तेल, नुन लुगा धुने साबुन, नुहाउने साबुन प्रती परिवार एक कम्मल लगायतका साम्रगी बितरण गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार