मलाई ढुङ्गा नै पुज्ने कत्ती रहर छैन,
किन कि ढुङ्गाको मलाई भर छैन।
मानिसहरू तेसैमा भगुवान देख्दा,
मलाई अन्धविस्वास मान्ने कर छैन।
अचेल अपराधीहरूको चाङ्ग देख्दा,
खै जब कि उसलाई कुनै खबर छैन।
भुँई हलिन्छ र मर्छन् निर्दश कहिले,
गरिब निमुखाकै मात्र बस्ने घर छैन।
धनीको कब्जाभित्र भयो सगर धर्ती,
न मानो न छानो गरिबको बगर छैन।