बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी शिक्षकको १ दिनका तलब भुकम्पपिडीतलाइ सहयाेग

बडिमालिका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी शिक्षकको १ दिनका तलब भुकम्पपिडीतलाइ सहयाेग

  • शुक्रबार, कार्तिक २४, २०८०
बडिमालिका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी शिक्षकको १ दिनका तलब भुकम्पपिडीतलाइ सहयाेग

बाजुरा–  बडिमालिका नगरपालिकाले नगरपालिकाका जनप्रतिनिधि, सम्पूणर् कर्मचारी तथा शिक्षकको १ दिनका तलब जाजरकोट र रुकुम पश्चिमका भुकम्पडितलाई सहयोग गर्ने निणर्य गरेको छ । बडिमालिका नगरपालिका प्रमुख अमर बहादुर खड्काकाे अध्यक्षतामा  शुक्रबार बसेकाे कार्यपालिका बैठकले  सो निणर्य गरेको हो ।

कार्तिक १७ गते गएको बिनासकारी भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिम भएको घटना परेका पिडीतहरुको सहयोगका लागि सो निणर्य गरिएको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।

घाइतेको उपचारको व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग माग तथा प्रभावित पक्षको सहायता राहतको लागि बडिमालिका नगरपालिका जनप्रतिनिधि र सम्पूर्ण कर्मचारी तथा शिक्षकको १ दिनका तलब रकम प्रधानमन्त्री राहत कोष मार्फत उपलब्ध गराउने निणर्य गरिएको नगर प्रबक्ता पाध्यायले बताएका छन ।

त्यसै गरि  ३० औँ कार्यपालिकाको बैठकले जाजरकोट तथा रुकुम पश्चिममा गरेको भुकम्पबाट मृतक प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरिएको प्रबक्ता पाध्यायले बताए ।

चर्चामा

सम्बन्धित समाचार