सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश ६
  • राष्ट्रपति पौडेल जाजरकोटमा

राष्ट्रपति पौडेल जाजरकोटमा

  • मङ्लबार, कार्तिक २१, २०८०
राष्ट्रपति पौडेल जाजरकोटमा

जाजरकोट — राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाजरकोट आइपुगेका छन् ।

राष्ट्रपति पौडेल सेनाको हेलिकप्टरमार्फत केहीबेर अगाडि जाजरकोटको थाप्लेचौरमा अवतरण गरेका हुन् ।

यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित जिल्ला जाजरकोट आएका हुन् । जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि उनी र रुकुम पश्चिम पनि जाने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

यसअघि हिजो राष्ट्रपतिले भोलि (बुधबार) देखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका थिए । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार