सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • आफूखुसी राहत संकलन र वितरण नगर्न रुपन्देही प्रशासनको निर्देशन

आफूखुसी राहत संकलन र वितरण नगर्न रुपन्देही प्रशासनको निर्देशन

  • मङ्लबार, कार्तिक २१, २०८०
आफूखुसी राहत संकलन र वितरण नगर्न रुपन्देही प्रशासनको निर्देशन

तिलोत्तमा — रुपन्देही प्रशासनले आफूखुसी राहत संकलन र वितरणमा रोक लगाएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत संकलन गर्ने भन्दै बैंक खाता सार्वजनिक गर्ने तर संकलनको विवरण सार्वजनिक नगर्ने प्रवृत्ति बढेपछि राहत संकलन र वितरणलाई पारदर्शी र एकद्वार बनाउन यो निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

एकद्वार प्रणालीमार्फत प्रभावित क्षेत्रमा पठाइएका राहत सामग्री वास्तविक पीडितको हातमा पर्ने र व्यवस्थापनमा पनि सहयोग पुग्ने उनको भनाइ छ । प्रशासन र स्थानीय सरकारको अनुमतिमा मात्रै राहत संकलन र वितरण हुने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

रुपन्देहीबाट जाजरकोट पुग्नका लागि ट्रक भाडा १ लाख रुपैयाँ पर्ने भएकाले १० लाख रुपैयाँ बराबरको राहत संकलन भएपछि मात्रै त्यहाँको स्थानीय प्रशासनसँग समन्वय गरेर लैजान अनुमति दिने सर्वपक्षीय बैठकबाट निर्णय भएको प्रशासनले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार