सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • आज बिहान १०ः३५ सम्म जाजरकोटमा ३ सय ११ परकम्प

आज बिहान १०ः३५ सम्म जाजरकोटमा ३ सय ११ परकम्प

  • आइतवार, कार्तिक १९, २०८०
आज बिहान १०ः३५ सम्म जाजरकोटमा ३ सय ११ परकम्प

जाजरकोट —राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आइतबार बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ वटा परकम्प भएको जनाएको छ।

केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले साना ठुला गरेर आज बिहान १०ः३५ बजेसम्म ३ सय ११ वटा परकम्प भएको जानकारी दिएका हुन।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि लगातार ३ वटा परकम्पका ठुला झडकाहरु गएका थिए।

केन्द्रका अनुसार शुक्रवार राति ११ः ४७, १२ः ०८, १२ः २९,१२ः ३५ गरी ४ पटक क्रमशः ६.४, ४.५, ४.२, ४. ३ म्याग्निच्युडको भूकम्प र परकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।

भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।

चर्चामा

सम्बन्धित समाचार