बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • १६ जना स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागे

१६ जना स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागे

  • शनिबार, कार्तिक १८, २०८०
१६ जना स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागे

काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि त्यसतर्फ लागेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएका कारण रुकुम पश्चिम र जाजरकोटका दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।

चर्चामा

सम्बन्धित समाचार