आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाराको कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु

बाराको कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु

  • सोमवार, कार्तिक १३, २०८०
बाराको कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु

बारा—बाराको कलैयामा अज्ञात समूहले चलाएको गोली लागी घाइते भएका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार दिउँसो कलैयास्थित एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका उनलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले चार राउण्ड गोली हानेका थिए । उनको छाती र घाटीमा गोली लागेको थियो ।

गोली लागेर घाइते भएका उनलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएका स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार