शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ८ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

बडिमालिका ८ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

  • आइतवार, कार्तिक १२, २०८०
बडिमालिका ८ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

बाजुरा —सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिका ८ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । बडा दशै तथा शुभ दिपावलीको अवसरमा वडा कार्यालयको आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको हो ।

उक्त फुटबल प्रतियोगिताको आइतबार एक औपचारिक कार्यक्रमका बिच समउद्धाटन गरिएको छ । उक्त प्रतियोगिताको उद्धाटन बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले ब्यानर बाचनसंगै रेफ्ररी सन्तोश नेपालीलाई बल र हुइसिल हस्तान्तरण गरेर गरेका थिए । उक्त प्रतियोगितामा सात टिम रहेको र प्रतियोगिता कार्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

वडा अध्यक्ष कप फुटबल प्रतियोगिता कार्यक्रममा सहभागीहरुले बडिमालिका नगरपालिकामा खेल क्षेत्र र खेलडीको विकासका लागि सबैले प्रतिबद्ध भएर लाग्नुपर्ने र नगरपालिकामा पर्याप्त खेल मैदान निर्माण गर्नुपर्ने बताएका थिए । कार्यक्रममा विशिष्ट अथितिको आसनमा बोल्दै नगर उपप्रमुख नन्दा थापाले बाजुरामा पनि पछिल्लो समय फुटबल निकै चर्चित र रुचिको खेल बनिरहेपनि यसमा महिलाको सहभागीता भने न्यून देखिएको बताएकी छन ।

खेल क्षेत्र र खेलाडीको विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले यस क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा उपप्रमुख थापाले जोड दिएकी छन । त्यस्तै कार्यक्रमका प्रमुख अथिति तथा नगर प्रमुख अमर खड्काले परम्परागत संस्कृतिको जगेर्ना र नगरपालिकामा खेल र खेलाडीको विकासमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ उक्त प्रतियोगीता सुरु गरिएको बताएका छन ।

नगर प्रमुख खडकाले भने खेल खेलाडीको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको र अहिलेसम्म यस क्षेत्रमा गरेको लगानी खेर नगएको दावी गरेका छन । उनले भने नगरपालिकाको बाउलीमा खेल मैदान निर्माणधिन अवस्थामा रहेकाले अहिले ठेकेदार काम छाडेर सम्पर्क बिहिन हुँदा समस्या भएको बताए ।

खेल मैदान निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक ताकेता गरिरहेको पनि नगरप्रमुख खड्काले बताए । नगरपालिकामा खेल मैदान निर्माणका लागि उपयुक्त जग्गा नहुँदा समस्या भएपनि खेलमैदान निर्माणका लागि प्रदेश सरकारसंग पनि आग्रह गरिरहेको बताएका छन ।

वडा अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति बडिमालिका नगरपालिका नगरप्रमुख अमर बहादुर खड्का रहेका थिए । त्यस्तै बिशिष्ट अथिति नगरउपप्रमुख नन्दा थापा, नेकपा एमाले जिल्ला कमिटि सदस्य दुर्गा थापा, नेविसंघ जिल्ला अध्यक्ष जनक थापा र नेपाली कांग्रेस वडा सभापति बिर बहादुर थापा रहेका थिए ।

अथितिमा वडा नंः ८ का वडा सदस्य करे रावल, निता थापा, स्थानिय लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बिरेन्द्र रावलले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार