सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण

विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण

  • सोमवार, कार्तिक ६, २०८०
विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका ९ र १० का विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । बडीमालिका फाउन्डेसनको आयोजना र नेपाल हिल्फ आखनको सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । दुइवटा वडाका ६५ परिवारलाई चामल, नुन, दाल सावुन वितरण गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष मिन बहादुर सिंहले वताएका छन् ।
विपन्न तथा भुकम्प पिडित परिवारलाइ दशै मनाउन सहज होस् भन्ने उदेश्यले उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । विपन्न तथा गरिव परिवारले दशै र तिहारमा खानामा समस्या नहोस भनेर खाद्यन्न सहयोग गरिएको हो । छरछिमेकी सरह दशै राम्रो होस भनेर वडाका विपन्न नागरिकलाई खाद्यान्न, सहयोग गरिएको बडिमालिका फाउण्डेशनका अध्यक्ष प्रकाश बहादुर सिंहले वताएका छन् ।
भुकम्पले बाजुरामा धेरै परिवार बिचल्लीमा परेपछि थोरै भएपनि खाद्यन्न सहयोग गरेको नेपाल हिल्फ आखनको प्रतिनिधि रबि कडेलले वताएका छन् । दशै तिहारमा कुनै पनि परिवारमा खाद्यन्न संकट नहोस भन्ने उद्देश्यले सहयोग गरेको कडेलले वताए । थप अझै सहयोग गर्दै जाने उनले वताएका छन् ।
चरम खाद्यन्न संकट भएको बेला राहत पाउदा ठुलो सहयोग भएको बुढिगंगा नगरपालिका ९ का दलबिरे नेपालीले वताएका छन् । दशै तिहार भोको पेटमा मनाउनु पर्ने अबस्था थियो, राहत पाउदा निकै खुशी भएको उनले वताएका छन् । भुकम्प बाट पिडित भएपनि अन्य ठाउँ बाट खासै राहत नपाएको तिनिहरुले वताएका थिए । वडानम्बर ९ र १० अधिकांश परिवारका घर भुकम्पले चिराचिरा परेका छन् । धेरै परिवारले घर छोडेका छन् ।
केही दिन पहिला बडिमालिका नगरपालिका ७ का ४६ परिवारलाइ पनि खाद्यन्न सहयोग गरिएको थियो । बडिमालिका फाउन्डेसन नेपालले समस्यामा परेका समुदायलाइ सहयोग गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार