शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • क्रिकेट
  • जापानविरुद्ध नेपालले ब्याटिङ गर्दै

जापानविरुद्ध नेपालले ब्याटिङ गर्दै

  • शनिबार, कार्तिक ४, २०८०
जापानविरुद्ध नेपालले ब्याटिङ गर्दै

।मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गर्दैछ । मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने जापान समूह डी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपाल सेमिफाइनल जित्दै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यमा छ । यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली यू-१९ एसिया कपमा छनोट हुनेछ । अर्को सेमिफाइनलमा यूएई र सिंगापुर भिड्नेछन् । दुवै सेमिफाइनलका विजेता फाइनल पुग्दै यू-१९ एसिया कपमा छनोट हुनेछन् ।

यस्तै सेमिफाइनलमा पराजित हुने टिमका लागि पनि यू-१९ एसिया कप पुग्ने अवसर हुनेछ । सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानको लागि खेल हुनेछ र उक्त खेलमा विजयी हुने टिम पनि यू-१९ एसिया कपमा पुग्नेछ । नेपालका कप्तान देव खनालले पहिले ब्याटिङ गर्दा २८० देखि ३०० रन बनाउन प्रयास गर्ने र त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार