मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कमिसन खाएपछि अपराधीहरूबाट नेताले

कमिसन खाएपछि अपराधीहरूबाट नेताले

  • शुक्रबार, कार्तिक ३, २०८०
कमिसन खाएपछि अपराधीहरूबाट नेताले

नेताहरू कस्को खुसिको लागी सफर गर्छन्,
केथाहा किन बिदेशी अपराधीमा भर गर्छन्।

हिंजै त्यो अपराधीले अनमुक्ती भएको थियो,
फेरी अपराध गरेछ उसैले किन रहर गर्छन्।

साँच्चै देशभित्र अपराध राजनीतिकर्ण भयो,
निडर भई खुलेआम अपराध सरासर गर्छन्।

आखिर किन डाराउँन् यो सरकार आफ्नै हो,
नेता आफैले आफ्ना गुण्डालाई खबर गर्छन्।

कमिसन खाएपछि अपराधीहरूबाट नेताले,
फेरी पनि आफुलाई उम्काउँन धेरै कर गर्छन्।

आज यो देश यिनैले लथालिङ्ग भताभुङ्ग पारे,
पैसापाए आफ्नै आमाको कतल भर्खर गर्छन्।

चर्चामा

सम्बन्धित समाचार