सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमाले पनि सरकारमा सहभागी

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमाले पनि सरकारमा सहभागी

  • आइतवार, अशोज २८, २०८०
कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमाले पनि सरकारमा सहभागी

विराटनगर— कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार