बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश १
  • केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

  • शनिबार, अशोज २७, २०८०
केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

विराटनगर– कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।

तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भए । सनाखतपछि प्रदेश प्रमुखले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु ।’

चर्चामा

सम्बन्धित समाचार