सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मानव भय त बिचारमा पनि अटल हुनुपर्छ

मानव भय त बिचारमा पनि अटल हुनुपर्छ

  • शनिबार, अशोज २७, २०८०
मानव भय त बिचारमा पनि अटल हुनुपर्छ

मानव भय त बिचारमा पनि अटल हुनुपर्छ,
जुनसुकै काममा मैत्रिपूर्ण छलफल हुनुपर्छ।

सरकार पनि भयन देश र जनताको पक्षमा,
अखण्ड देश जनताको समस्या हल हुनुपर्छ।

बोडर बाट आउँने जानेहरूको ताँती देख्दा,
देशभक्तको मनभित्र चिन्ता पलपल हुनुपर्छ।

सधै विरहरूकै देशहो भन्छौँ र कायर बन्छौँ,
दुनियाँमा यो देशको यथार्थ सक्कल हुनुपर्छ।

सरकारले खशीसँग फर्शी साट्ने बानी लाग्यो
बराबरको सम्झौता व्यबहारमै अमंल हुनुपर्छ।

बिदेशी दलाल नबनौँ नेता यो देशका हौ भने,
आफ्नो देश जोगाउँन सधै आफै ढल हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार