आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • मार्तडीमा चाडपर्व लक्षित बजार अनुगमन तिव्र, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

मार्तडीमा चाडपर्व लक्षित बजार अनुगमन तिव्र, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

  • बिहिबार, अशोज २५, २०८०
मार्तडीमा चाडपर्व लक्षित बजार अनुगमन तिव्र, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

बाजुरा — दशैतिहार नजिकिएसंगै बाजुरा सदरमुकाम मार्तडी क्षेत्रका बजार अनुगमनमा तिव्रता दिइएको छ । विहिबार जिल्ला प्रसाशन कार्यालय बाजुरा, बडिमालिका नगरपालिका, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, नागरिक समाज तथा पत्रकार लगायतले संयुक्त रुपमा बजार अनुगमन गरेकाे हाे ।

उक्त टोलीले बडिमालिका नगरपालिका ८ र ९ मा रहेका बजारहरु अनुगमन गरिएको जनाएको छ । बजार अनुगमनका क्रमका उपभोग्य मिति सकिएका अखाद्य वस्तु नष्ट गरिएको छन भने ३१ हजार ५ सय २३ रुपैया मूल्य बराबरका खाद्य सामग्री पनि बरामद गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले बताएका छन् ।

चाडपर्वको समयमा बजारमा म्याद गुज्रेका सामान बिक्री, मूल्य बृद्धि तथा कालोबजारी हुन सक्ने भएकाले बजार अनुगमन गरिएको जिल्ला प्रसाशन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार