शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सरोकारवालाद्धारा स्वास्थ्य र पोषण कार्यक्रमको अनुगमन

सरोकारवालाद्धारा स्वास्थ्य र पोषण कार्यक्रमको अनुगमन

  • बिहिबार, अशोज २५, २०८०
सरोकारवालाद्धारा स्वास्थ्य र पोषण कार्यक्रमको अनुगमन

बाजुरा– बुढिगंगा नगरपालिकामा संचालित एकिकृत्त विकास समाज नेपाल आईडीएस नेपाल अन्र्तगतका कार्यक्रमहरु सरोकारवालहरुद्धारा अनुगमन गरिएको छ ।
विश्व खाद्यको सहकार्यकम नगरपालिकामा विद्यालयहरुममा बालमैत्री धारा निर्माण, बालबालिकाहरुलाई जुकाको औषधी अुवाउन, फोहोर ब्यजस्थापन, स्वास्थयकर्मीद्धारा बालबालिकाको स्वास्थ्य चेकजाँच लगाएतका कार्यक्रम गर्दै आएको छ ।
सोही कार्यक्रम अनुरुप आसोज २३ गते मंगलबार जिल्ला स्थित बुढिगंगा नगरपालिका ८ गिरीखेल्ने आधारभुत्त विद्यालयको अनुगमन गरिएको आईडीएस नेपालकी बुढिगंगा नगरपालिका कोडिनेटर माया विष्टले जानकारी दिईन ।
अनुगमन टोलीमा विश्व खाद्यका विपिन पाण्डे, उमेश चौधरी, दानबहादुर साउद बुढिग‌गा नगरपालिका ८ का वडा अध्यक्ष रमेश रावल, शिक्षा शाखा प्रा.स डम्मर थापा, कृषि शाखा प्राविधिक दिपक थापा, रहेका थिए ।
त्यसै गरि टोलीमा स्वास्थ्य शाखाका राजेन्द्र बुढा, सूचना तथा प्रबिधि अधिकृत्त खडक बम, आइडीएस नेपाल जिल्ला संयोजक प्रेम खनाल गिफ्ट बाजुराका संयोजक कृष्ण अधिकारी र सेतोगुरास संयोजक निराजन चौधरी रहेका नगरपालिका कोडिनेटर विष्टले जानकारी दिईन ।
बढिगंगा नगरपालिकाका २९ वटा विद्यालयहरु मध्ये मंगलबार गिरिखेल्ने आधारभुत्त विद्यालयको अनुगमन गरिएको हो ।

Open photo

चर्चामा

सम्बन्धित समाचार