सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • पुँजिवादीहरूको लडाइमा परे गरिब

पुँजिवादीहरूको लडाइमा परे गरिब

  • बुधबार, अशोज २४, २०८०
पुँजिवादीहरूको लडाइमा परे गरिब

सुरेशकुमार पाण्डे —गजल:

पुँजिवादीहरूको लडाइमा परे गरिब,
सधै निर्दोस हुँदाहुँदै पनि मरे गरिब।

मिसाइल चलाउँछन् एक अर्कामाथि,
दुनियाँकै आतङ्कले सधै डरे गरिब।

खान र लगाउँनमा धनीको रैती बनि,
मानव बम बनेर नै उडान भरे गरिब।

लगाम छ धनिकै हतमा मोहरा बनेका,
जात धर्मको लागि मैदानमै झरे गरिब।

जता पनि पिसिन्छन् इनै गरिब ज्यामी,
कथाका पात्र त अर्कैछन् गर्नुगरे गरिब।

श्रमजिवी जन्मिन्छन् कहाँ मर्छन् कहाँ ,
काल अगाल्न बाध्य बनायो सरे गरिब।

चर्चामा

सम्बन्धित समाचार