मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • कोशी प्रदेशमा उद्धव थापाको नेतृत्वमै सरकार बनाउने कांग्रेसको निर्णय

कोशी प्रदेशमा उद्धव थापाको नेतृत्वमै सरकार बनाउने कांग्रेसको निर्णय

  • मङ्लबार, अशोज २३, २०८०
कोशी प्रदेशमा उद्धव थापाको नेतृत्वमै सरकार बनाउने कांग्रेसको निर्णय
फाइल तस्वीर

काठमाडौँ- नेपाली कांग्रेसले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन ।

चर्चामा

सम्बन्धित समाचार