शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • बुढिगंगामा भुकम्पबाट पूर्णरुपमा घर भत्केका ३९ परिवारलाई राहत सामग्री वितरण

बुढिगंगामा भुकम्पबाट पूर्णरुपमा घर भत्केका ३९ परिवारलाई राहत सामग्री वितरण

  • सोमवार, अशोज २२, २०८०
बुढिगंगामा भुकम्पबाट पूर्णरुपमा घर भत्केका ३९ परिवारलाई राहत सामग्री वितरण

बाजुरा— बुढिगंगा नगरपालिकामा भुकम्प पिडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गत असोज १६ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण पूर्णरुपमा घर भत्किएका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

सोमबार बुढिगंगा नगरपालिकाका कार्यवाहक नगर प्रमुख एंव नगर प्रवक्ता हेमराज जैशीको अध्यक्षतामा बैठक बसि नगरपालिकाका भुकम्प पिडितहरुलाई त्रिपाल, कम्मल लगायतका राहत सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । भुकम्पका कारण पूर्णरुपमा घर भत्की घरवार बिहिन भएका परिवारलाई राहत वितरण गरेको वडा नंः १० का वडा अध्यक्ष दल बहादुर साउँदले बताएका छन । त्यस्तै  वडा न‌ ७ का भुकम्पबाट प्रभावित परिवारलाई पनि राहत सामग्री वितरण गरिएको उनले बताए ।

भुकम्पबाट पूणर्रुपमा घर भत्किएका वडा नंः ९ र १० का ३४ परिवार र वडा नंः १ र २ का ५ परिवारलाई त्रिपाल, कम्मल लगायतका सामग्री वितरण गरेको कार्यवाहक नगरप्रमुख हेमराज जैशीले बताए ।

संयुक्त राष्ट्र संघिय जनसंख्या कोष, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरा र बुढिगंगा नगरपालिकाको साझेदारीमा भुकम्पबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार