सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • भन्छन् मानव स्वास्थ्य दिवस खास भयो

भन्छन् मानव स्वास्थ्य दिवस खास भयो

  • आइतवार, अशोज २१, २०८०
भन्छन् मानव स्वास्थ्य दिवस खास भयो

गजल!

भन्छन् मानव स्वास्थ्य दिवस खास भयो,
सबैको मन् मष्तिकमा दिवसकै बास भयो।

बनायो मानवता बिहिन मानिस पुँजिवादले,
मानिसको भित्र मानवताकै सत्यनास भयो।

सुख भोगिहरूले अवेध धन्दा गर्न थालेपछि,
मानव समाजमा झनधेरै दुःखको रास भयो।

भुकम्प कहिले बाढी पहिरो हुन्छ उत्खनन्ले,
मानिसको व्यबहारले प्रकृती नै उदास भयो।

मानिस सबैभन्दा सचेत प्राणी भित्र गनिन्छ,
मानिसभित्र अवैध कामगर्ने दुसशहास भयो।

पुँजिकै प्रतिसप्रदामा बिषालु खाद्यानले गर्दा,
मानसिक अपाङ्गा भयो र जिउँदै लास भयो।

सुरेशकुमार पाण्डे दाङ् घोराही १८

चर्चामा

सम्बन्धित समाचार