आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • बुढिगंगा नगरपालिका ४ को वडा कार्यालयमा तालाबन्दी

बुढिगंगा नगरपालिका ४ को वडा कार्यालयमा तालाबन्दी

  • शुक्रबार, अशोज १९, २०८०
बुढिगंगा नगरपालिका ४ को वडा कार्यालयमा तालाबन्दी

बाजुरा —बुढिगंगा नगरपालिका ४ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । बर्षातमा अबरुद्ध ग्रामिण सडक दशै नजिकिदा पनि सुचारु नभएको भन्दै वडाका युवाहरुले शुक्रबार वडा कार्यालयमा ताला लगाएका हुन ।

वडामा रहेका अन्य सडक सुचारु गरेपनि बानेगाउँ देखि खप्तड छेडेदह जोड्न मेन सडक बर्षातमा अबरुद्ध भई आवतजावतमा समस्या भइरहेको उनिहरुले बताएका छन । त्याँहाको आसपास सडकमा नगरपालिकाले रोड सफाई गर्न लिएको डोजरसमेत फेर्ता लिएको भन्दै उनिहरुले वडा कार्यालयमा तालबन्दी गरेका छन ।

यस बिषयमा वडा अध्यक्ष मिन बहादुर शाहले भने वडाका सडकहरु केहि सुचारु गरिसकेको र केहि बाकी रहदै तेल सकिएकाले डोजर नगरपालिका लिएको बताएका छन । वडाको साउँवाडासम्म सुचारु भएपनि खप्तड छेडेदहको सिमासम्म सफाई नभएकाले युवाहरुले वडा कार्यालयमा ताला लगाएको वडा अध्यक्ष शाहले बताए ।

सो सडक सुचारुका लागि नगरपालिकालाई खबर गरेपनि अन्य ठाउँका सडक सुचारु गरिसकेपछि मात्रै त्याँहा लगाउने खबर दिएको उनले बताए । नगर उपप्रमुख माया कुवरले भने डोजरमा तेल सकिएकाले फिर्ता भएको र अबको कहि दिनपछि सोहि सडक सुचारु गर्न लगाउने बताइन् ।

चर्चामा

सम्बन्धित समाचार