आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • देश
  • पस्मिना उत्पादनको अध्ययन गर्न आर्थिक मामिलामन्त्रीसहितको टोली बाजुरामा

पस्मिना उत्पादनको अध्ययन गर्न आर्थिक मामिलामन्त्रीसहितको टोली बाजुरामा

  • बिहिबार, अशोज १८, २०८०
पस्मिना उत्पादनको अध्ययन गर्न आर्थिक मामिलामन्त्रीसहितको टोली बाजुरामा

बाजुरा — सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पस्मिना उत्पादनको अध्ययन सुरु गरिएको छ।

प्रदेश सरकारले बाजुरा जिल्लामा पस्मिना उत्पादनका लागि सम्भाव्यताको अध्ययन थालेको हो। यसका लागि आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीसहितको पस्मिना संघका तीन जना पदाधिकारी बाजुरा पुगेका छन्। उनीहरुले समुन्द्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा पस्मिना उत्पादनको सम्भावनाका बारेमा अध्ययन गर्दैछन्।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराका सूचना अधिकारी सिद्धराज जैशीका अनुसार मन्त्रिसहितको पस्मिना संघको टोली बाजुरामा छ। उक्त टोली शुक्रवार बाजुरा पुगेको हो। बाजुराको स्वामिकात्तिक, जगननाथ र हिमाली गाउँपालिकाको उच्च क्षेत्रमा पस्मिनाको उत्पादनको अध्ययन थालिएको छ।

सुदूरपश्चिमका कृषि मन्त्री रामेश्वर चौधरीले पस्मिना उत्पादनका लागि अध्ययन थालिएको बताए। उनले, ‘पस्मिनाको अध्ययनको लागि टोलि आएको छ। अहिले बाजुरामा छ। उच्च हिमाली क्षेत्रमा मात्र पस्मिनाका लागि च्याँग्रा पालन गर्न सकिन्छ। उहाँहरुको प्रतिवेदनका आधारमा काम गर्छाै।’ सुदूरपश्चिम सरकारले कृषि क्षेत्रमा दुई अर्ब ५० करोड बजेट चालु आर्थिक वर्षमा विनियोजन गरेको छ।

चर्चामा

सम्बन्धित समाचार