मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • अतिक्रमण हुन्छ मुकदर्सक सरकार हुन्छ

अतिक्रमण हुन्छ मुकदर्सक सरकार हुन्छ

  • बिहिबार, अशोज १८, २०८०
अतिक्रमण हुन्छ मुकदर्सक सरकार हुन्छ

सुरेशकुमार पाण्डे —गजल:

अतिक्रमण हुन्छ मुकदर्सक सरकार हुन्छ,
खसीको बद्लामा फर्सी लिने व्यापार हुन्छ।

बिकासकै नाउँमा ऋण अनुदान लिन्छ सधै,
त्यही धनको तानातानीमै उन्को दरार हुन्छ।

के लिएर जान्छौ सबै रहन्छ धन माल यहीँ,
मात्र जिउँदाले सधै गाली गर्ने आधार हुन्छ।

वेला/वेलामा प्रकृतीले पनि ताण्डव मचायो,
भुकम्प,बाडी हुन्छ मान्छेकै हार गुहार हुन्छ।

धर्मकै नाममा पाप गर्छन् मानिसहरू स्वार्थी,
पुँजीवादमा धन सम्पती सँग मात्र प्यार हुन्छ।

मानव समाजमा मान्छे नै किन हुन्छन् बिल्टो,
कुनै ठाउँ छैन जताकतै चोखो भ्रष्टाचार हुन्छ।

 

चर्चामा

सम्बन्धित समाचार