• होमपेज
  • देश
  • भुकम्पका कारण बाजुरामा दुई जना घाइते, दर्जनबढि घर भत्किए

भुकम्पका कारण बाजुरामा दुई जना घाइते, दर्जनबढि घर भत्किए

  • मङ्लबार, अशोज १६, २०८०
भुकम्पका कारण बाजुरामा दुई जना घाइते, दर्जनबढि घर भत्किए

बाजुरा —बाजुरामा भुकम्पका कारण दुई जना घाइते भएका छन । मंगलबार दिउँसो बझाङको तालकोट र चैनपूर आसपास केन्द्रबिन्दु बनाएर आएको भुकम्पले बाजुरामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बडिमालिका नगरपालिका ९ का आन्दाजी ८ बर्षिया प्रलोप डिजी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा छतबाट खसेको ढुङगा टाउकोमा लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै खप्तड छेडेदह गाउँपालिका ४ का सुन्दर सार्की सदरमुकाम मार्तडी स्थित मालिका माविमा पढ्दै आएका र विद्यालयको सिढीबाट लडेर घाइते भएका हुन ।

घाइते प्रलोपको टाउकोमा दुई वटा टाका लागेका छन भने अहिले दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको जानकारी दिएको छ । त्यस्तै भुकम्पका कारण जिल्ला भर दर्जनबढी घरहरु भत्किएका प्रहरीले जानकारी दिएको छ । बडिमालिका ९ का जित चदाराको दुई तले घर र सोही वडाका भुपेस सनाईको घरमा आंशिक रुपमा क्षति भएको छ ।

खप्तड छेडेदह ७ का लाल बहादुर ओली र दिनेश ओलीको घरको पछाडी भाग भत्किएको छ । बुढिगंगा नगरपालिका ६ सायलका भक्त गिरी, वडा नं १का मनविर रावलको घर, चन्द्र रावलको भैसी बाध्ने छानो, वडा नं ५ का दल शाह र वडा नं ४ का बल कटुवालको घर पनि आंशिक रुपमा भत्किदा जोखिममा परेको प्रहरीले बताएको छ ।

त्यस्तै बुढिगंगा नगरपालिका ५ मा रहेको टाटे स्वास्थ्य चौकीको प्रसुती भवनको पानी राख्ने ट्याङकीको वाल भत्किएको छ भने पानी तताउने सोलावर प्यानल पुणर्रुपमा क्षति भएको छ । बुढिगंगा नगरपालिका ७ का चक्र केसीको घर पुणर् रुपमा क्षति भएको र वडा नं ६ का नविन गिरीको घर पनि चर्केको प्रहरीले जानकारी दिएको छ । त्यस्तै भुकम्पले खप्तड छेडेदह गाउँपालिका ३ मा २० बढि घर भत्किएका वडा अध्यक्ष विर्क बहादुर रावतले बताएका छन ।
भुकम्पका कारण जिल्लाका विभिन्न पालिकाकामा भएको क्षतिको बुझिए पनि एकिन विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार