• होमपेज
  • देश
  • बझाङ भूकम्प [अपडेट] : चार विद्यार्थीसहित ६ जना घाइते

बझाङ भूकम्प [अपडेट] : चार विद्यार्थीसहित ६ जना घाइते

  • मङ्लबार, अशोज १६, २०८०
बझाङ भूकम्प [अपडेट]  : चार विद्यार्थीसहित ६ जना घाइते

बझाङ – भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् । आज मङ्गलवार दिउँसाे चैनपुर केन्द्रविन्दु भएर आएकाे भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

सत्यवादी मावि भाेपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चाैधरिले जानकारी दिनुभयाे । घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।

भूकम्पका कारण पहिराे गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ । राजमार्गका ठाउँठाउँमा पहिराे जाँदा गाडी आवतजावत राेकिएकाे छ । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार