सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • देश
  • भूकम्पबाट बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते

भूकम्पबाट बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते

  • मङ्लबार, अशोज १६, २०८०
भूकम्पबाट बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते

अछाम —मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते भएका हुन ।

कक्षा चलिरहेको बेलामा भूकम्पको धक्का महसुस भएपछि आत्तिएर विद्यालयको विज्ञान भवनको दुई तलाबाट हामफाल्ने क्रममा साउँद घाइते भएको विद्यालयका प्रधानाध्यापक निर्प रावतले जानकारी दिए ।

‘‘आत्तिएर दुई तलाबाट हामफाल्ने क्रममा लट्पटिएर घाइते भएको छ, हामीले अस्पताल लैजाने क्रममा छौं ।,’’ प्रधानाध्यापक रावतले भने ।

सन्तोषको बाहिरी देखिने गरेर टाउको, अनुहारमा चोट लागेको बताइएको छ । केही समय श्वास समेत रोकिएर अहिले श्वास आएको प्रधानाध्पक रावतले बताए ।

भूकम्पको ठूलो धक्का महसुुस गरेपपछि विद्यालय, कार्यालय र घरमा रहेका विद्यार्थी, कर्मचारी र सर्वसाधारण खुला ठाउँमा पुगेका छन् । आजै अछाममा दुई पटक भूकम्पको धक्का स्थानीयले महसुस गरेका छन् ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केल र ३ बजेर ६ मिनेटमा फेरी दोस्रो पटक सुदूरपश्चिम सहित भारतका केही भाग हल्लिने गरी भुकम्प आएको छ । दोस्रो पटकमा आएको भुकम्प ६.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार