शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • बझाङ केन्द्रबिन्दु भएर ५.३ र ६.३ म्याग्नेच्युटका दुई पटक भुकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर ५.३ र ६.३ म्याग्नेच्युटका दुई पटक भुकम्पको धक्का

  • मङ्लबार, अशोज १६, २०८०
बझाङ केन्द्रबिन्दु भएर ५.३ र ६.३ म्याग्नेच्युटका दुई पटक भुकम्पको धक्का

बाजुरा — बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव३ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिएका छन ।

तेसै गरी ३ बजेर ६ मिनेटमा फेरी दोस्रो पटक सुदूरपश्चिम सहित भारतका केही भाग हल्लिने गरी भुकम्प आएको छ । दोस्रो पटकमा आएको भुकम्प ६.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन गरिएको छ । भुकम्पको धक्काको महसुस तराइका जिल्लामा पनि गरिएको थियो ।

उक्त भूकम्पको धक्का बाजुरासहित सुदूर पहाडमा धक्का महसुस गरिएको थियो । भुकम्पले गरेकाे क्षतिकाे विवरण भने आउन बाकी छ ।

चर्चामा

सम्बन्धित समाचार