• होमपेज
  • देश
  • धान नकाट्न सुदूरपश्चिम कृषि निर्देशनालयको अपिल

धान नकाट्न सुदूरपश्चिम कृषि निर्देशनालयको अपिल

  • सोमवार, अशोज १५, २०८०
धान नकाट्न सुदूरपश्चिम कृषि निर्देशनालयको अपिल

बाजुरा— तत्काल धान नकाट्न कृषि विकास निर्देशनालय डोटीले अपिल गरेको छ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्रारा जारी सूचना अनुसार सुदुरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली भई केहि दिन पानी पर्ने संभावना भएको भन्दै तत्काल धान नकाट्न निर्देशनालयले किसानलाई आग्रह गरेको हो।

आज (सोमबार) देखि १७ गते बुधवारसम्म पानी पर्ने सक्ने सम्भावना देखिएकोले धान नकाट्न निर्देशनालयले आग्रह गरेको हो। साथै काटेको धानवाली भित्र्याउन र नकाटेर खेतमै रहेको धानबाली काट्न केहि समय पर्खिन पनि निर्देशनालयको आग्रह छ।

चर्चामा

सम्बन्धित समाचार