शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा दुई वर्षमा १०५ घरेलु हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता

बाजुरामा दुई वर्षमा १०५ घरेलु हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता

  • आइतवार, अशोज १४, २०८०
बाजुरामा दुई वर्षमा १०५ घरेलु हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता

बाजुरा–  बाजुरामा दुई वर्षमा १०५ घरेलु हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ६५ उजुरी आएकाेमा आर्थिक वर्ष २०७८/७९ मा ४० उजुरी परेका छन्।

सुदूरपश्चिमका नौ जिल्ला मध्ये घरेलु हिंसाका हिसाबले कैलाली, कञ्चनपुर र बझाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो रहेको पाइएको छ। त्यस्तै, डोटी, बैतडी र अछाम जिल्लामा घरेलु हिंसाका घटना कम हुने गरेको सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ। कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा प्रहरीमा घरेलु हिंसाका १३३ उजुरी दर्ता भएका छन् भने आर्थिक वर्ष २०७८/७९ मा उजुरीको संख्या बढेर ५१३ पुगेको छ।

आर्थिक वर्ष २०७७/७८ मा ५७ र आर्थिक वर्ष २०७८/७९ मा अछाम जिल्ला प्रहरीमा २८ वटा घरेलु हिंसाका उजुरी परेको प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ। प्रदेशभर उजुरी मार्फत प्रहरीमा आएका घरेलु हिंसाका घटनामा अधिकांशमा मिलापत्र गराइएको छ।

आर्थिक वर्ष २०७७/७८ मा परेका एक हजार १० उजुरी मध्ये ९७९ उजुरीमा मिलापत्र भएको छ भने १४ उजुरी अन्य निकायमा सारिएको, १२ उजुरी कार्यान्वयन हुन बाँकी र ५ उजुरीमा अदालतमा मुद्दा दर्ता गरिएको छ। त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा परेका घरेलु हिंसाका एक हजार ३३० निवेदनमा एक हजार २४२ मा मिलापत्र गरेर समाधान गरिएको छ भने ३७ उजुरी अन्य निकायमा सर्दा ५१ उजुरी कार्यान्वयन हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।

घरेलु हिंसाविरुद्ध अहिले घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ कार्यान्वयनमा छ। ऐनको परिभाषा अनुसार, घरेलु सम्बन्ध भन्नाले ‘वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारका रूपमा एकै परिवारमा बसेका व्यक्तिहरूबीच भएको सम्बन्ध हो। सो सम्बन्धले सँगै बसेका जोडी वा अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीको सम्बन्ध समेतलाई जनाउँछ। यस्तै, घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हो।’

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार