शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • एमाले कर्णाली अधिवेशनमा मतदान सुरु हुँदै

एमाले कर्णाली अधिवेशनमा मतदान सुरु हुँदै

  • शनिबार, अशोज १३, २०८०
एमाले कर्णाली अधिवेशनमा मतदान सुरु हुँदै

सुर्खेत —नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनमा शनिबार साँझदेखि मतदान हुने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी अधिवेशनमा दिउँसो १२ बजेदेखि हुने भनिएको मतदान ६ घण्टा ढिला गरी बेलुका ६ बजे सुरु हुन लागेको हो ।

मतदानअघि बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । अन्तिम नामवली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ ।

एमालेको कर्णाली अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षमा उम्मेद्वादी दिएका दुई जनाले दैलेखका राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।

उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार, जाजरकोटका लालबहादुर महतराको उम्मेदवारी परेको छ । सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले रुद्र शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

उपसचिवमा मुगुका उब्जनबहादुर शाही, सुर्खेतका तेजकुमार विक (तोरण) र जुम्लाका धीरेन्द्रराज गिरीको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको छ । एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य नयाँ नेतृत्व चयन गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार