बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • एमाले कर्णाली अधिवेशन:नयाँ नेतृत्व छान्न शनिबार मतदान हुने

एमाले कर्णाली अधिवेशन:नयाँ नेतृत्व छान्न शनिबार मतदान हुने

  • शुक्रबार, अशोज १२, २०८०
एमाले कर्णाली अधिवेशन:नयाँ नेतृत्व छान्न शनिबार मतदान हुने

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुङ्गिने भएको छ।

कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि दलहरूले सर्वसम्मतको प्रयास गरेपनि तीन दिनसम्मको छलफलमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न थालिएको एमालेले जनाएको छ।निर्वाचन कमिटीले नयाँ नेतृत्व चयनका लागि शनिबार साढे १२ बजेबाट मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ।

तालिका अनुसार शुक्रवार मतदाता नामावली प्रकाशन, दावी विरोध र अन्तिम नामावली प्रकाशन हुनेछ। यस्तै शुक्रवार साढे चार बजेदेखि साढे ६ बजेसम्म उम्मेदवारले दरखास्त फारम भर्नेछन्।

साढे छ बजे उम्मेरदवारहरुको नामावली प्रकाशन, पौने ९ बजेसम्म उम्मेदवारमाथि उजुरीको राखिएको छ भने राति नौ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

यस्तै राति साढे नौ बजेदेखि शनिबार विहान आठ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने दिउँसो साढे १२ बजेदेखि बेलुका छ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन गरिएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए।

एमाले प्रदेश कमिटी अध्यक्षका लागि कालिकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाहबिच मुख्य प्रतिस्पर्धा हुनेछ। दुवैले प्यानलै बनाएर चुनावी मैदानमा जाने तयारी गरेका छन्।

पोलिटब्युरो सदस्य गोरख बोगटीको समर्थन मीनबहादुर शाहीलाई छ भने अर्का पोलिटब्युरो सदस्य यामलाल कँडेलको समर्थन गुलावजंग शाहलाई छ।

चर्चामा

सम्बन्धित समाचार