शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • झापाको दमकमा एक युवकको हत्या

झापाको दमकमा एक युवकको हत्या

  • शुक्रबार, अशोज १२, २०८०
झापाको दमकमा एक युवकको हत्या

झापा– झापाको दमकमा एक युवकको हत्या भएको छ । आज बिहान आफ्नै साथीहरूले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या हुनेमा इलामको चुलाचुलीस्थित पोल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बू रहेका छन् ।

रातभर दमक–१ स्थित एक होटेलमा सँगै बसेर मादक पदार्थ खाएका साथीहरूबीच एकापसमा भनाभन हुँदा लिम्बू को हत्या भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । हतियार प्रयोग गर्ने मुख्य व्यक्ति फरार रहेको र खोजी भइरहेको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार