• होमपेज
  • देश
  • दार्चुलामा सिँढीबाट लडेर वृद्वाको मृत्यु

दार्चुलामा सिँढीबाट लडेर वृद्वाको मृत्यु

  • शुक्रबार, अशोज १२, २०८०
दार्चुलामा सिँढीबाट लडेर वृद्वाको मृत्यु

धनगढी —दार्चुलामा घरको सिँढीबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको शैलशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीय वृद्धाको मृत्यु भएको हो।

आज बिहान नगरपालिकाको वडा ९ गाँजरीका ७० वर्षीय कलावती महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको सिँढी ९भर्‍याङ० बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलिन्द्र नाथले बताए। घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दैछ।

चर्चामा

सम्बन्धित समाचार