सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश डुब्न थाल्यो ऋणमा

देश डुब्न थाल्यो ऋणमा

  • शुक्रबार, अशोज १२, २०८०
देश डुब्न थाल्यो ऋणमा

देश डुब्नथाल्यो ऋणमा खै सरोकार छैन,
यही सरकारको पनि कुनै आइतवार छैन।

उता चीनले कालापानी भारतकै हो भन्दा,
बोल्दैनन् नेता त्यो बिचारको चिरफार छैन।

अपराधीनै सम्मानित हुन्छन् मिल्छ माफी,
मुटुपिरो हुँन्छ पिडितको कत्ती उद्धार छैन।

देश युवा बिहिन छ, न्याय बिहिन छ हाम्रो,
देश भित्र नागरिकलाई ज्युने आधार छैन।

कविले देख्छ अपहेलित सन्तान परदेशमा,
देख्दैन सरकार घरमा उज्यालो मुहार छैन।

नारीले नवजात शिशु जन्माउँछन् सडक मै
सरकारको मनमा आमालाई रत्ती प्यार छैन्।

केभनौँ कतै साधन छैन, डाक्टर छैनन् कतै,
रेफर गराउँछन् देशभित्र राम्रो उपचार छैन।

चर्चामा

सम्बन्धित समाचार