• होमपेज
  • बाजुरा बिशेष
  • बडिमालिका नगरपालिकाद्धारा वित्तिय पहुँच सम्बन्धी अन्तरक्रिया

बडिमालिका नगरपालिकाद्धारा वित्तिय पहुँच सम्बन्धी अन्तरक्रिया

  • बिहिबार, अशोज ११, २०८०
बडिमालिका नगरपालिकाद्धारा वित्तिय पहुँच सम्बन्धी अन्तरक्रिया

बाजुरा– नागरिकहरुलाई वित्तिय संस्थाको पहुँच सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बडिमालिका नगरपालिकामा सम्पन्न भएको छ । एक दिने अन्तरक्रिया कार्यक्रम बडिमालिका नगरपालिकाको आयोजनामा शुक्रबार नगर सभाहलमा सम्पन्न भएको हो ।
नागरिकहरुलाई वित्तिय संस्थाको पहुँचमा पुर्याउन र व्यावसायिहरुले बैंकबाट लिने ऋण तथा कर्जामा कसरी सहज र व्यावसायिक व्यक्तिलाई कर्जा उपलब्ध गराउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको नगरप्रमुख अमर बहादुर खड्काले बताए ।

नागरिक तथा व्यवसायिहरुलाई बैंक तथा वित्तिय संस्थाको पहुँचमा पुर्याइ तिनले प्रवाह गर्ने सेवा सुविधा र ऋण कर्जालाई सहज बनाउन त्रिपक्षिय अन्तरक्रिया कार्यक्रम गरिएको नगर प्रमुख खड्काले बताए । नगरपालिकाका नागरिकहरुले विभिन्न व्यवसायबाट उत्पादनमुलक लगानी गरेर बैंकिङ संस्थामा कारोबार गर्न सके वित्तिय संस्था तथा व्यावसायिहरुमा कुनै मदभेद नहुने सहभागीहरुले बताए । बाजुराका बैकहरुले धनगढी लगायत शहरको धितो मागेर बाजुरालाई अन्याय गरेको कार्यक्रमका सहभागीहरुले बताएका छन ।

जिल्लामा रहेका बैकहरुले बाजुराका कुना कन्धरामा रहेका नागरिकको र उनको जे जती जमिन छ त्यही धितो राखेर बैकहरुले कर्जा दिनुपर्ने माग राखेका छन । यस बिषयमा स्थानिय तहले पनि जिल्लामा रहेका बैकं तथा बित्तिय संस्थाहरु संग समन्वय गरि बैकंहरुले बाजुराका नागरिकले गरेको बचत जिल्ला बाहिर दिने पर्थाको अन्त्य गर्न लाग्नुपर्ने सुझाव दिएका छन ।

जिल्लामा रहेका बैकंहरुले सर्बसाधारण नागरिकलाई रिण कर्जा नदिने तर धनी धनगढी घर घरेडी भएकाहरुलाइ मात्र रिण दिने गरेको प्रति कार्यक्रम सहभागी राजनीतिक दलका नेताहरुले बताएका छन । बैकंहरुको यो निणर्य बाजुराका राम्रो नभएको उनिहरुको भनाई रहेको छ । यदि बाजुराका किसानहरुले एक एक रुपिया गरि जम्मा गरेको पैशा यहाँका नागरिकले सौलियत कर्जा पाउदैनन् भने बचत किन गर्न लगाउने र बैकहरुको लगानी अन्तै हुने भए किन यहाका बैकंमा जम्मा गर्ने भन्ने बिषयमा सहभागीहरुले चर्को बिरोध समेत गरेका थिए ।

कुनै सर्वसाधारण तथा व्यवसायीहरुले पहिले विभिन्न व्यवसायको नाममा बैंकबाट ऋण लिने तर पछि असुल नगर्ने प्रवृतिले वित्तिय संस्थाहरुलाई समस्या भइरहेको सहभागी बैंक कर्मचारीले बताएका छन । आम नागरिक तथा कुनै पनि व्यावसायिहरुलाई वास्तविक उद्यमी पहिचान गरेर मात्र उनीहरुलाई ऋण दिने व्यवस्थाका लागि नगरपालिकाले पनि सहयोग गर्नुपर्ने उनिहरुको भनाइ छ ।

बाजुरामा १ अर्व बढि लगानी भएपनि कर्जा प्रवाहमा अनुमति नहुँदा कर्जा निष्कृय रहेको राष्ट्रिय बाणिज्य बैंकले जनाएको छ । सो कारोबारबाट पिडित र गुनासो गर्ने सर्वसाधारण तथा व्यावसायीहरु कार्यक्रममा उपस्थिति नहुँदा अर्को दिन बृहत गर्न नगर प्रमुख खड्काले बताएका छन ।

नगरप्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए । त्यस्तै अथितिमा प्रमुख प्रसाशकिय अधिकृत देवेन्द्र सापकोटा, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न बैंकका प्रतिनिधि, उद्योग बाणिज्य संघका अध्यक्ष देव बहादुर रोकाया, वडा अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार