सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सबै खुसिहुन्छन् जब यो देशको जित हुन्छ

सबै खुसिहुन्छन् जब यो देशको जित हुन्छ

  • बिहिबार, अशोज ११, २०८०
सबै खुसिहुन्छन् जब यो देशको जित हुन्छ

सबै खुसिहुन्छन् जब यो देशको जित हुन्छ,
शुनौलो शब्दमा आफ्नै देश अङ्कित हुन्छ।

इतिहाश हेर्छौँ र चित्त बुझाउँछन् नागरिकले,
जब ज्यानकै बाजीथापि पाएको फित हुन्छ।

विजय हासिल हुन्छ हिम्मत र होसलालेपनि,
एकदिन हाम्रो देश दुनियाँभरीको मित हुन्छ।

हामि आर्काको गेट कुर्ने बहादुर मात्र होइनौँ,
यस्तै राम्रो संदेश दिए यो देशलाई हित हुन्छ।

नेताहरू धेरैले नकारत्मक छाप छाडे त पनि,
कयौँ सहिदको सम्मानमा अहेपनि गित हुन्छ।

अरूको आलोचना भन्दा आफुले काम गरौँ,
दुश्मनलाई मार्नुनै पर्दैन त्यो आफै चित्त हुन्छ।

चर्चामा

सम्बन्धित समाचार