बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै

एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै

  • बुधबार, अशोज १०, २०८०
एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं— नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । आज दिउँसो १ बजे प्रदेश राजधानी सुर्खेतमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्धघाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १३५ सदस्यीय समिति निर्माण गर्नेछ । त्यसका लागी प्रदेशभरबाट ६०४ जना प्रतिनिधि छनोट भएका छन् ।

अधिवेशनमा ६०४ प्रतिनिधिले भाग लिनेछन् । जसमा सुर्खेतबाट ११२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३, रुकुमपश्चिमबाट २३ गरी ५५४ प्रतिनिधि छानिएका छन् । त्यस्तै, २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहनेछ ।

एमालेले प्रदेशको नेतृत्व सकेसम्म सहमतिबाटै चयन गर्ने जनाएको छ । हालसम्म प्रदेशको नेतृत्व गर्न योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर शाही, गुलाबजंग शाल, ध्रूबकुमार शाह, मेनका पछाईलगायतले दाबी गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार