बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • हिमाली गाउँपालिकाका रोजगार संयोजक पाण्डेको काम गाउँमा पार्टी प्रबेश गराउने अभियान

हिमाली गाउँपालिकाका रोजगार संयोजक पाण्डेको काम गाउँमा पार्टी प्रबेश गराउने अभियान

  • बुधबार, अशोज १०, २०८०
हिमाली गाउँपालिकाका रोजगार संयोजक पाण्डेको काम गाउँमा पार्टी प्रबेश गराउने अभियान

बाजुरा– हिमाली गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खराज पाण्डेको काम गाउँमा गएर सर्बधारणलाई नेपाली काँग्रेसमा प्रबेश गराउने दिनचर्या बितिरहेकाे छ । केही दिन अघी मात्र उनले हिमाली गाउँपालिकको वडा न २ कोट, काेटीगाउँ र रुम्दीमा एमाले परित्याग गरी काग्रेसमा प्रबेश भनेर गरिएको फेशबुक पोष्टपछी उनको चर्को आलोचना भइरहेको छ । राेजगार संयाेजक पाण्डे नेपाली काँग्रेसकाे खुला प्रचारक जस्तै बनेका स्थानियकाे आराेप छ ।
उनि अहिले कार्यालयमा भन्दा बढि नेपाली काँग्रेसको प्रचार र अभियानमै लाग्ने गरेको स्थानियले बताएका छन । त्यहाँका केही स्थानियले नेपाल सरकारको जागीर खाने पाण्डे उता  पार्टीको काममा दिनदिनै हिडने गरेका बताएका छन । उनको काम अहिले नेपाली काँग्रेसका अभियानमा जाने र पार्टी प्रबेश गराउने अभियान रहेको स्थानियले आरोप लगाएका छन । कर्मचारी जस्तो मान्छे पार्टीको काम लाग्नु राम्रो नभएको उनकै सर्मथकहरुले पनि बताउने गरेका छन।

No description available.
पार्टी आस्था होला तर यसरी पार्टीको काममा कर्मचारीहरु खुलेर लाग्न नहुने हिमाली गाउँपालिकाका सुचना अधिकारी राज बहादुर भण्डारीले बडिमालिका खवरलाई बताएका छन । पार्टी आस्था हामी सबैको हुन्छ तर एक कर्मचारी भइसकेपछी कर्मचारीहरुले कर्मचारी ऐन नियमको पालना गर्नुपर्ने भए पनि केही कर्मचारीको ब्यबाहारले अन्य कर्मचारीलाई समेत प्रस्न उठ्ने गरेकोले पाण्डेले गरेको काम राम्रो नभएको सुचना अधिकारी भण्डारीले बताए ।

यता हिमाली गाउँपालिकाका अध्यक्ष गाेबिन्द बहादुर मल्लले पाण्डे कार्यालयकाे काममा गएका थिए भनेका छन । तर उनले आफैले फेशबुकमा प्रचार गरेका हुन भने त्याे उनकै लागि साेभनिय हाेइन अध्यक्ष मल्लले भने ।

चर्चामा

सम्बन्धित समाचार