मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मत्लव बिनाको यो सारा संसार देखिएन

मत्लव बिनाको यो सारा संसार देखिएन

  • बुधबार, अशोज १०, २०८०
मत्लव बिनाको यो सारा संसार देखिएन

मत्लव बिनाको यो सारा संसार देखिएन,
जिवनमा निस्वार्थ कसैको प्यार देखिएन।

कस्ले कोसँग प्रेम गर्छ मत्लवी दुनियामा,
धन् कै बजार मन बाँच्ने आधार देखिएन।

भोट माग्दा गरिबकै नाममा माग्छन नेता,
जिवनमा कतै गरिबको सरकार देखिएन।

बाँचिदो रिहछ पोलेर पनि आफ्नो आमा,
यो औलाद भन्दा मन्छेमा गद्धार देखिएन।

भेटिन छाड्यो मलामी धन् को असर पर्यो,
पुँजिवादमा भ्रष्टाचारको उपचार देखिएन।

सबथोक को व्यापार हुँदो रहिछ दुनिया मा
तर कतैपनि ममता बिक्ने बजार देखिएन।

चर्चामा

सम्बन्धित समाचार