आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • आर्थिक अभाबमा जिवनमरणको दोसाधमा बाजुराका पुरन रौले 

आर्थिक अभाबमा जिवनमरणको दोसाधमा बाजुराका पुरन रौले 

  • मङ्लबार, अशोज ९, २०८०
आर्थिक अभाबमा जिवनमरणको दोसाधमा बाजुराका पुरन रौले 
बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका ३ ताप्रा बस्ने २२ बर्षिय पुरन रौले आर्थिक अभाबमा जिवनमरणको दोसाधमा रहेका छन् । शरिरका जोर्नीको क्यान्सर भएका पुरन अहिले शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु सँग जुधिरहेका छन् । 
८ बर्ष देखी बिरामी रहेका उनि सेति प्रादेशिक अस्पताल बाट रिफर भएर काठमाडौ पुगेका थिए । पैसा नभएर घरमा रोग पाल्दै आएका उनि शिकिस्त भएपछि आफन्तले धनगढी पुगाएका थिए । धनगढीमा केही महिना उपचारपछि यहाँ सञ्चो नहुने भन्दै रिफर गरेको थियो । धनगढीमा चन्दा संकलन गरेर उपचार गरेका थिए ।
भाडा समेत नभएका पुरनलाइ गाउँले चक्र बहादुर शाहले हवाइजहाजको टिकट काटिदिएपछि शिक्षण अस्पतालमा सहयोगिको साथमा पुगेका थिए । एक बोतल पानि खाने पैसा नभएका उनलाइ अहिले उपचार गर्न निकै समस्या भएको छ । अस्पतालका चिकित्सकले किमो थेरापी मार्फत उपचार गर्ने बताएपछि एक ट्याबलेट औषधि किन्न पैसा नहुदा समस्या रहेको आफन्त पदम बहादुर थापा बताएका छन् ।  
पुरनका परिवारको आर्थिक अबस्था निकै कमजोर रहेको छ । दैनिक छाक टार्न धौ धौ रहेका उनको परिवारलाइ उनको उपचार गर्नमा निकै सकस भएको छ । बिरामी भएपछि देखी पोषिलो खानेकुरा खान नसकेका पुरनको स्वास्थ्य अबस्था निकै कमजोर हुदै आएको छ । औषधि किन्न त पैसा छैन्, पोषिलो खानेकुरा खानु त धेरै टाढाको बिषय रहेको पुरनले रुदै वताएका छन् । 
बिरामी भएको लामो समय भइसकेको छ, पैसा नभएर उपचार गर्न सकेको थिएन् । अहिले जेनतेन गरेर काठमाडौ पुगेको छु, अस्पतालमा भर्ना भएपनि आफु सँग १ हजार सम्म पनि रकम नहुदा पानि पनि अरुलाइ मागेर खाने गरेको पुरनले वताएका छन् । अस्पतालले किमो थेरापीले आराम हुन सक्ने वताएका छन् । एउटा साइकल चलाउन न्युनतम १५ हजार बढी खर्च लाग्ने गरेको उनलाइ सात, आठ वटा साइकल चलाउनुपर्ने वताएको छ । उपचारका लागि काठमाडौमा १ बर्ष सम्म बस्नुपर्ने रहेको छ । पुरनले बाच्नका लागि हारगुहार गरिरहेका छन्, उनले उपचार सहयोगका लागि सबैलाइ अपिल समेत गरेका छन् । 

चर्चामा

सम्बन्धित समाचार