शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • एमाले बागमती प्रदेश अधिवेशन: ११ सदस्यीय अध्यक्ष मण्डल, निर्वाचन कार्यक्रम आजै साँझबाट

एमाले बागमती प्रदेश अधिवेशन: ११ सदस्यीय अध्यक्ष मण्डल, निर्वाचन कार्यक्रम आजै साँझबाट

  • मङ्लबार, अशोज ९, २०८०
एमाले बागमती प्रदेश अधिवेशन: ११ सदस्यीय अध्यक्ष मण्डल, निर्वाचन कार्यक्रम आजै साँझबाट

नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सञ्चालन गर्नका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ।

बन्द सत्र सञ्चालन गर्नका लागि प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको हो।

अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई,रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ ,अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहेका छन्।

अहिले प्रज्ञा भवनमा बन्दसत्र शुरु भएको छ। बन्दसत्रमा राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्य योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत हुने बताइएको छ।

त्यस्तै नयाँ नेतृत्वका लागि आजै साँझबाट निर्वाचन कार्यक्रम पनि अघि बढ्ने बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार