शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • एमालेको बागमती प्रदेश अधिवेशन सुरु

एमालेको बागमती प्रदेश अधिवेशन सुरु

  • सोमवार, अशोज ८, २०८०
एमालेको बागमती प्रदेश अधिवेशन सुरु

काठमाडौं —नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको छ ।

अधिवेशन उदघाटनपूर्व निकालिएको र्‍याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो ।

अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । यसअघि ४४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटी यो अधिवेशनबाट ५ जना पदाधिकारीसहित २४० सदस्यीय बन्नेछ ।

अध्यक्ष पदमा झण्डै आधा दर्जन बढी नेता आकांक्षी छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष केशव पाण्डे, कृष्ण दाहाल, कैलाश ढुंगेल, विजय सुवेदी, भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेल लगायत आकांक्षी छन् ।

सर्वसम्मत अध्यक्ष चयनको प्रयास भइरहे पनि अब त्यो सम्भावना लगभग सकिएको नेताहरुको भनाइ छ । यदि चुनाव हुने स्थिति आएमा केशवराज पाण्डे, कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

यसअघि लुम्बिनी प्रदेशमा सर्वसहमतिको प्रयास असफल भएपछि मतदानबाट नेतृत्व टुंगो लगाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार