• होमपेज
  • देश
  • सुदूरपश्चिमबाट अख्तियारको कार्यालय महेन्द्रनगरमा २८४ मुद्दा दायर

सुदूरपश्चिमबाट अख्तियारको कार्यालय महेन्द्रनगरमा २८४ मुद्दा दायर

  • सोमवार, अशोज ८, २०८०
सुदूरपश्चिमबाट अख्तियारको कार्यालय महेन्द्रनगरमा २८४ मुद्दा दायर

धनगढी— सुदूरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई सय ८४ मुद्दा दायर भएका छन्।

चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना नपुग्दै अनियमितता विरुद्धका दुई सय ८४ मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर (महेन्द्रनगर) मा दर्ता भएका हुन्। अख्तियारमा सबैभन्दा बढी साउन महिनामा अनियमितता विरुद्धका एक सय ७३ मुद्दा दायर भएका छन्।

भदौ महिनामा ८५ र हिजो (आइतबार)सम्म थप २६ गरी कुल दुई सय ८४ मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुले जनाएको छ। कुल उजुरीमध्ये ३५ प्रतिशत भन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित रहेको कार्यालयले बताएको छ। संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वय हुने कतिपय योजनामा हुने अनियमितता विरुद्ध धमाधम उजुरी दर्ता हुनेक्रम बढेको छ।

उजुरीकर्ताले आयोगको वेभसाइट, भाइबर, हुलाक सेवा, इमेल, टेलिफोन तथा लिखित रुपमै अनियमितता विरुद्ध उजुरी गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको छ। कार्यालयमा अनियमितता विरुद्ध दैनिक औषतमा चारवटा उजुरी दर्ता हुने गरेको समेत पाइएको छ। यस्ता उजुरी प्रदेशका नौवटै जिल्लाबाट पर्ने गरेको अख्तियारको कार्यालय कञ्चनपुरले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार