• होमपेज
  • देश
  • अपिहिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम

अपिहिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम

  • सोमवार, अशोज ८, २०८०
अपिहिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम

बैतडी —दार्चुलाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा बैतडीका जनकराज (जेआर) भट्ट प्रथम भएका छन्। गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम भएका हुन।

जेआर सामाजिक सञ्जाल टिकटक लगायत देउडा गायनमा समेत सक्रिय रहेका छन्। डोटेली भाषामा टिकटक बनाउने गरेका जेआरले पछिल्लो समयमा देउडा गीत समेत निकाल्ने गरेका छन् । सामाजिक सञ्जाल टिकटकमा उनले डोटेली भाषामा बनाएका टिकटक निकै लोकप्रिय छन्।

टिकटक प्रतियोगितामा रञ्जना लोथ्याल द्वितीय भएकी छन् भने अन्य ५ जनाले सान्त्वना स्थानमा प्राप्त गरेका छन्। सान्त्वना स्थान प्राप्त गर्नेमा लखन बोहरा, रविना ठेकरे, रामा बोहरा, पशुपति कार्की र उद्धवसिंह धामी रहेका छन्।

टिकटक प्रतियोगिताका विजेताहरुलाई विश्व पर्यटन दिवस तथा अपिहिमाल भ्रमण वर्ष २०८० को उद्घाटन समारोहमा पुरस्कृत गरिने अपि हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए। गाउँपालिकाले पर्यटन प्रवर्द्धन क्षेत्रमा सामाजिक सञ्जालको उपदेयतालाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्न टिकटकको प्रतियोगिताको आयोजना गरेको थियो।

सहभागीहरूलाई लाइक, भ्युज र समेटिएका विषयवस्तुका आधारमा छनौट गरेको गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेलाई १० हजार द्वितीय हुनेलाई ७ हजार र सान्त्वना स्थान प्राप्त गरेकालाई ५ जनालाई ३ हजार रुपैयाँका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बोहराले बताए।

चर्चामा

सम्बन्धित समाचार