बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • अस्पतालको भवन समयमा नबन्दा साघुरो ठाउँबाट सेवा प्रवाह गर्न समस्या

अस्पतालको भवन समयमा नबन्दा साघुरो ठाउँबाट सेवा प्रवाह गर्न समस्या

  • आइतवार, अशोज ७, २०८०
अस्पतालको भवन समयमा नबन्दा साघुरो ठाउँबाट सेवा  प्रवाह गर्न समस्या

बाजुरा– जिल्ला अस्पताल बाजुराको ५० शैया भवन समयमै सम्पन्न नहुदा पुरानो र साघुरो भवनबाट सेवा दिन समस्या भएको छ । २०७५ साल बैशाख ५ गतेबाट ठेक्काको काम शुरु भएको थियो । डाँफे–लोहनी, पि एस जेभी डोटिले पाएको ठेक्का २०७८ बैशाख ५ मा सक्ने गरि सम्झौता भएको भएपनि भवन निर्माण सम्पन्न हुन सकेको छैन् । भवन निर्माणको ६५ प्रतिशतसम्म मात्र काम भएको छ ।
समयमै भवन निर्माण हुन नसक्दा जिल्ला अस्पताल बाजुराको उपचार सेवा प्रभाबित भइरहेको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताएका छन। भवन निर्माण नहुदा उपचार सेवानै अस्तब्यस्त रहेको छ, कुनै पनि फाट ब्यबस्थित रुपमा सञ्चालन हुन नसकेकाे गिरीले बताए ।

सम्झौता अनुसार ०७८ बैशाखमा भवन निर्माण सम्पन्न भएर सेवा सञ्चालन भइसक्नु पर्ने भएपनि ठेक्का समझौता सम्पन्न हुनु पर्ने मिति भन्दा दुई वर्ष बढी भएपनि निर्माणकार्य पुरा नहुदा अस्पतालले दिने सेवामा समस्या भएको उनले बताए । भवन निर्माण नहुदा पिसिआर मेशिन पनि भाडामा सञ्चालनमा रहेको छ । अन्य केही सेवा पनि घर भाडामा लिएर सेवा सञ्चालन भइरहेको छ ।

अस्पतालमा पुरानो भवन र उपचारको समस्या भएपछि जिल्ला अस्पताल बाजुरा १५ शैयाबाट ५० शैयाको निर्माण हुन लागेको हो । भवन निर्माण चाडो गर्नका लागि बारम्बार ताकेता दिइरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल बाजुराको भवन शहरी विकास मन्त्रालय अन्र्तगत निर्माण हुन लागेको हो । २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ मा कम्पनीले ठेक्का पाएको थियो । अस्पतालमा चार वटा भवन निर्माण हुने भएका छन् ।

पहिला १५ शैयाको अस्पताल थियो त्यो बेला उपचारमा निकै समस्या हुने गरेको थियो, अब ५० शै्याको अस्पताल बन्ने भएपछि उपचारमा सहज हुने थियो, समयमै भवन निर्माण सम्पन्न नहुदा समस्या भइरहेको स्वास्थ्यकर्मीले वताए । बाजुरा अस्पतालमा दैनिक १ सय जना भन्दा बढि बिरामी उपचारको लागि आउने गरेका छन् । भवन अभाबमा सुत्केरी सेवा, ईमेरजेन्सी सेवा लगायतका सेवा एउटैमा गर्नु पर्ने बाध्यता जिल्ला अस्पताल बाजुराका अध्यक्ष मानबहादुर कार्कीले बताए ।

भवन समयमा नवन्दा सेवा ग्राहीलाई अपीडी कता ईमेजेन्सि कता अनि ल्याव कता हो थाहानै नहुने गरेको बुढिगंगा नगरपालिका ७ का सेवाग्राही उपेन्द्र शाहले बताए । नयाँ भवन निर्माण शुरु सँगै पुराना भवन भत्काएपछि तिन बर्ष देखी उपचारमा केही समस्या आएको छ ।

डाँफे–लोहनी, पि एस जेभीका प्रतिनिधि टेकरमज भट्टका अनुसार भवनको काम ८५ देखी ९० प्रतिशत सकीएको बताए । पछिल्लो थप भएको क्याद ०८० पुससम्म छ । निधारित मितिमै सक्ने गरि काम भई रहेको भट्टले बताएका छन । अहिले प्यान्टिङ, मार्वल लगाउने काम भई रहेको छ माघसम्म भवन हस्तान्त्रण गरिने उहाले बताए ।

सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटिका प्राबिधिक मदन भट्टले भने अस्पतालले समयमै जग्गा व्यबस्थापन गर्न नसक्नु, पुराना भवनको ब्यबस्थापन, बर्षातमा बाढी पहिरोले सडक बन्द हुदा समयमै काम नभएको वताए । अर्को कोभिडले पनि असर पारेको भट्टले वताए ।

यो पुससम्म अन्तिम पटक सक्ने गरी म्याद थाप भएरको र यो पछि म्याद थप नहुने उहाले बताउनु भयो । उनले भने ठेकेदारलाई मौखिक अनि अफिसियल रुपमा धेरै ताकैता गरिरहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार